Banner News

थप १६६४ जनामा कोरोना संक्रमण, १७८६ जना डिस्चार्ज



काठमाडौँ, १५ भदौ । थप १ हजार ६ सय ६४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ६२ हजार ६ सय ४७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ५ सय ९१ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार ७ सय ८६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख १६ हजार ३ सय ६ जना रहेको छ । आज २०  जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार ७ सय ५० जना पुगेको छ ।