काठमाडौँ, १५ भदौ । नेकपा एमालेभित्र सुदूरपश्चिम प्रदेशमा आफ्नो प्रभाव जमाएका नेता भीम रावल धक्का लागेको छ ।
मंगलबार सुदूरपश्चिम प्रदेशसभाका १० जना एमाले सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएसँगै लामो समयदेखि सुदूरपश्चिमको राजनीतिमा प्रभाव जमाएका रावल धक्का लागेको हो । प्रदेशसभामा एमालेका २५ सांसदमध्ये १० जना औपचारिक रुपमै एकीकृत समाजवादतिर लागेका छन् भने ३ जनाको कागजात नमिलेका कारण आज आयोगमा आफ्नो नाम सनाखत गराएका छैनन् ।
भौतिक पूर्वाधार विकास मन्त्री दीर्घराज सोडारी, सांसदद्वय अर्चना गहतराज र तारा लामा तामाङले दस्तावेज नपुगेका कारण सनाखत गराउन नपाएका हुन् । उनीहरुले बुधबार सनाखत गराउने जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्