समाचार

बाढीले स्करपियो बगाउँदा दुई जनाको मृत्यु



दाङ, १७ भदौ । दाङमा बाढीले स्करपियो बगाउँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएक छन् ।

प्रहरीका अनुसार घोराही-लमही सडक खण्डको घोराही उपमहानगरपालिका ४ सिस्नेखोलामा आएको बाढीले प्रदेश ०३– ०१ –०२४ च ४४४० नम्बरको स्करपियो बाढीले गएराति ११ वजे बगाउँदा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ भने अन्य दुई महिला बेपत्ता भएका छन ।

चालकलाई भने प्रहरीले उद्धार गरेको छ । घोराही १३ का ३२ वर्षीया सुशिला श्रेष्ठ र घोराही १४ का ३० वर्षीया राधा श्रेष्ठ कुवरको शव फेला परेको दाङका प्रहरीले जनाएको छ । घटनामा घोराही १३ का ४० वर्षीया रितामाया पुन र घोराही १४ का ४२ वर्षीया विमला केसीलाई बाढीले बेपत्ता बनाएको छ । दुबै जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

चालक घोराही १५ का ४० वर्षिय नरबहादुर पुनको खुट्टा भाँचिएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।