समाचार

मोबाइलबाटै क्यूआर पेमार्फत् ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने



काठमाडौँ, १७ भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोबाइलबाटै क्यूआर पे मार्फत् ट्राफिक जरिबाना भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको छ ।

आज काठमाडौंमा आयोजित क्यूआर पेमेण्ट कार्यक्रमको शुभारम्भ गर्दै महाशाखाले अब ट्राफिक जरिबाना क्यूआर पे मार्फत् तिर्न सक्ने व्यवस्थाको शुरुवात गरेको हो ।

महाशाखाका अनुसार भोलिबाट लागू हुन गरी कारबाहीमा परेका सवारी साधनका चालकहरुले ट्राफिक प्रहरीको चिटमा छापिएका क्यूआर कोडमार्फत् रकम भुक्तानी गर्न सकिने छ । आफूसँग सुविधा भए चिटको क्यूआर कोडलाई स्क्यान गरेर कारबाहीको रकम भुक्तानी गर्न सकिन्छ ।