Banner News

अध्यक्ष नेपालसँग गौतमको चार सर्त: सर्त पुरा नभए समाजवादी पार्टीमा जान नसक्ने अडान



काठमाडौँ, १८ भदौ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग चार वटा सर्त राख्नुभएको छ ।

बिहीबार दिउँसो गौतम र अध्यक्ष नेपालबीच भएको भेटवार्तामा गौतमले नेपालसँग जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, संघीयता परिमार्जन गर्नुपर्ने, एकीकृत समाजवादीको एजेण्डा कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने सर्त राख्नुभएको छ ।

अध्यक्ष नेपालले भने गौतमको सर्तबारे छलफल गर्न सकिने जवाफ दिनुभयो । तर जबज छोडेको भन्ने प्रचारमा सत्यता नरहेको नेपालले प्रष्टोक्ति दिनुभएको थियो । नेता गौतमले आफ्नो चार वटा सर्त मानेको खण्डमा मात्र आफु एकिकृत समाजवादीमा लाग्न सक्ने धारणा राख्नुभएको थियो । आफ्नो सर्त पुरा नहुने भएमा समाजवादी पार्टीमा समाहित हुन नसक्ने समेत स्पष्ट पार्नुभयो ।