दाङ, १८ भदौ । दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं। १० पढ्ढाका ५२ वर्षीय सुरेश डाँगीको घरमै करेन्ट लागेर मृत्यु भएको हो ।
आज बिहान नाङ्गो तार प्लगमा घुसाउने क्रममा डाँगीलाई करेन्ट लागेको गम्भीर घाइते भएका उनको उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा बिहान ७स् ४० बजे मृत्यु भएको हो । शव पोष्टमार्टमको लागि अस्पतालमा राखिएको छ ।










प्रतिक्रिया दिनुहोस्