समाचार

काठमाडौँ उपत्यकामा थप ६६७ जनामा कोरोना पुष्टि



काठमाडौँ, १८ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६६७ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ४६७, भक्तपुरमा ७१ र ललितपुरमा १२९ गरी ६६७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, काठमाडौँ उपत्यकामा ८१८८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौँमा ४६२५, ललितपुरमा १३७२ र भक्तपुरमा २१९१ सक्रिय संक्रमित छन्।