समाचार

रुखबाट लडेर एक जनाको मृत्यु



जलेश्वर, २० भदौ । महोत्तरीको जलेश्वर नगरपालिका-३ खैरागाउँमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आफ्नै बारीको रुखको हाँगा काट्नेक्रममा अचानक लड्दा घाइते भएका स्थानीय ६२ वर्षीय खोबारी खानको जिल्ला अस्पताल जलेश्वरमा उचारका क्रममा मृत्यु भएको हो ।