समाचार

पहिरोले घर पुरिँदा एकको मृत्यु, एक बेपत्ता



File photo

रोल्पा, २१ भदौ । रोल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

रोल्पा नगरपालिका वडा नम्बर १० मा गए राति पहिरोले घर पुरिँदा एक जनाको मृत्यु दुई जना घाइते छन् भने एक जना बेपत्ता छन्। उनको खोजी कार्य भइरहेको छ । मृत्यु र घाइते तथा बेपत्ता हुनेहरूको पहिचान भइसकेको छैन ।