काठमाडौँ, २१ भदौ । माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले गृहमन्त्री बालकृष्ण खाँडको पुत्ला दहन गरेको छ ।
अनेरास्ववियूले मीनभवनस्थित नेपाल कमर्स क्याम्पसको बाहिर दार्चुलामा नेपाली युवक तुइनबाट महाकालीमा खसेको विषयलाई लिएर गरेको विरोध प्रदर्शनबारे गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर आपत्ति जनाएको विरोधमा अनेरास्ववियूले गृह मन्त्रीको पुत्ला जलाएको हो ।
अनेरास्ववियूले दार्चुला घटनाको विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको थियो । तर गृह मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर छिमेकी देशको प्रधानमन्त्रीविरुद्ध प्रदर्शन नगर्न चेतावनी दिएको थियो ।










प्रतिक्रिया दिनुहोस्