काठमाडौँ, २१ भदौ । नेपाली काँग्रेसले मंगलबारका लागि संसदीय दलको बैठक बोलाएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बोलाएको बैठकले संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे पार्टीको रणनीति तयार गर्ने काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।
नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठक भदौ २३ गते बुधवार अपराह्न ४ बजे बस्ने गरी बोलाएकी हुन् ।










प्रतिक्रिया दिनुहोस्