काठमाडौँ, २१ भदौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार अलिक दिनको पाहुनामात्र भएको बताएका छन् ।
आज युवासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले षडयन्त्रबाट जन्मिएको सरकारलाई सकेसम्म छिटो विदा गर्नुपर्ने पनि बताए ।
उनले भने, ‘यो सरकार सास्वत होइन, अलिक दिनको पाहुना हो, षडयन्त्रबाट जन्मिएको पाहुना । यसलाई सकेसम्म छिटो विदा गर्नुपर्छ’ ‘छिटो विदा गर्न सकिएन भने पनि ७९ सालसम्मको मंसिरमा चुनाव गर्नेपर्छ । भर्याङमुनिको सरकार । १५ महिनापछि यो सरकार खोजेर पनि कसैले भेट्नेवाला छैन ।’
यो सरकार विदा भएपछि जनताको सरकार बन्ने दावी गरे । उनले प्रचण्ड र माधव नेपाललाई लिलिपुटको संज्ञा दिदै काँग्रेस पनि उनीहरुको संगतबाट लिलिपुट नै भएको दावी गरे ।










प्रतिक्रिया दिनुहोस्