समाचार

पशुपतिनाथको मन्दिर असोज १ गतेदेखि खुल्ने



काठमाडौँ, २२ भदौ । पशुपतिनाथ मन्दिर आगामी असोज १ गतेदेखि खुला हुने भएको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापाका अनुसार कोरोना महामारीका कारण बन्द रहेको पशुपतिनाथ मन्दिर खुला गर्ने निर्णय भएको छ । स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड अनुसार नै मन्दिर दर्शनका लागि खुला गर्ने निर्णय भएको हो ।

असोज १ गतेदेखि नै पशुपतिमा विशेष पूजा पनि सुरु हुनेछ । दर्शनार्थीले तोकिएको रकम तिरेर विशेष पूजा गर्न पाउने छन् । अहिलेसम्म पशुपतिनाथमा नियमित नित्य पूजा मात्रै हुँदै आएको छ । कोरोनाको दोस्रो लहर सुरु भएपछि गएको वैशाख १६ गतेदेखि सर्वसाधारणका लागि बन्द गरिएको थियो ।