Banner News

थप १२७१ जनामा कोरोना संक्रमण, १८४५ जना डिस्चार्ज



काठमाडौँ, २४ भदौ । थप १ हजार  २ सय ७१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ७४ हजार ५ सय ८७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २८ हजार ६ सय ७८ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार ८ सय ४५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ३५ हजार ६ जना रहेको छ । आज १४  जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार ९ सय ३ जना पुगेको छ ।