काठमाडौँ, २६ भदौ । नेकपा एमालेको केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सभामुख अग्नी सापकोटा संवैधानिक रुपमा स्वतन्त्र व्यक्तिको रुपमा स्थापीत नभई सदनमा समेत प्रचण्डको कार्यकर्ताको रुपमा उपस्थित हुनुभएको आरोप लगाउनुभएको छ ।
सदन सञ्चालनको विषयमा विपक्षी दल एमालेलाई समाप्त गरी गठबन्धनको मतियारको रुपमा सभामुख सापकोटा लागि परेको उल्लेख गर्दै नेता बस्नेतले सभामुख प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको झड्केलो छोराको रुपमा गतिविधि सञ्चालन गरेको आरोप लगाउनुभयो । समाभुख सापकोटाको योजनामा अदालतको सेटिङमा एमालेलाई विभाजन गर्ने खेलको महत्वपूर्ण जिम्मेवार व्यक्ति सभामुख रहेको भन्दै नेता बस्नेतले माओवादी युद्धको धङ्धङीले गर्दा सभामुखले संसदीय मर्यादा भुलेको आक्रोस जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘सभामुख अग्नी सापकोटा प्रचण्डको कार्यकर्ता, शेरबहादुर देउवा र माधव नेपालको झड्केलो छोरा भएर एमालेलाई सक्ने डिजाईनमा लाग्नुभयो । संसदीय अभ्यास र परम्परालाई भुल्नुभयो । आफ्नो षड्यन्त्रमा अदालतमा सेटिङ गरी कुनै पनि हालतमा एमालेलाई समाप्त पार्ने योजना अगाडी बढाइएको छ । यसले एमालेलाई असर पर्नेवाला छैन । हामी नयाँ योजनाका साथ अगाडी बढ्छौं । आम जनताका माझ षड्यन्त्रको भण्डाफोर गर्छौ ।’
दल विभााजन गरी प्रतिपक्षी दल एमालेलाई मास्ने र समाप्त पार्ने डिजाईनमा कांग्रेस, माओवादी र माधव नेपालले षड्यन्त्र गरेको आरोप लगाउँदै उहाँले मााओवादीको कार्यकर्ताको रुपमा सभामुख अग्नी सापकोटाले भूमिका खेलेकाले सदन अवरोध भएको दावी गर्नुभयो । सभामुखले गर्दा राजनीतिक द्वन्द्व बढेर गएको उल्लेख गर्दै नेता बस्नेतले सभामुखले पक्षपाती ढंगले अगाडी बढ्दै संविधानको धज्जी उडाएको बताउनुभयो । सभामुखले अदालतले गर्ने फैसला गरी अदालतको सामानान्तर गतिविधि गरेको समेत उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘जनता समाजवादी पार्टीको सांसद सरिता गिरी तथा टोपबहादुरलगायतका नेतालाई २४ घण्टाभित्रमा कारवाही गर्नुभयो । तर एमालेले कारवाही गरेका १४ जनालाई किन कारवाही गर्नुभएन ? सभामुखले पार्टी विभाजन अध्यादेशका कारण कारवाही गर्नुपर्ने आवश्यकता देखिएन भनि अदातले गर्ने फैसला जस्तो किन गर्नुभयो ? सभामुखले यसरी पक्षपात गर्न मिल्छ ?’
सभामुखको योजनामा मर्यादापालकले हाम्रो महिला सांसदहरुलाई अभद्र व्यवहार गरेकोमा आक्रोस जनाउँदै उहाँले सांसदहरु सदनमा प्रवेश नगरी मर्यादापालकहरुलाई सभामुखले प्रवेश गराएको उल्लेख गर्नुभयो । सभामुखको योजनामा महिला सांसदहरुलाई रोक्न वा व्यवस्थापन गर्न महिला मर्यादापालक नै राख्नु पर्नेमा ९० प्रतिशतभन्दा बढी पुरुष मर्यादापालक राखेर महिला सांसदहरुलाई अभद्र व्यवहार गरिएको आरोप लगाउनुभयो ।
कार्यव्यवस्थाको बैठक समेत नवसी सभामुखले प्रतिनिधिसभाको बैठक राखेको तथा सम्बाद र सहकार्यलाई तोडेको गुनासो गर्दै सभामुख नसच्चिएको खण्डमा एमालेले थप रणनीति तय गर्दै महाअभियोगसम्मको यात्रा तय हुन सक्ने चेतावनी दिनुभयो । सभामुखले एमालेमाथि प्रतिशोध साँचे त्यसको जवाफ जस्ताको त्यस्तै सदन र सडकबाट दिने चेतावनी समेत दिनुभयो ।
एमालेलाई मास्ने र समाप्त पार्ने षड्यन्त्रका साथ सभामुखको योजनामा अदालतको सेटिङमा विपक्षिहरु आइरहँदा एमालेले ढाड तथा गर्धन थापेर बस्न नसक्ने समेत उहाँले चेतावनी दिनुभयो । काभ्रेको अर्जुनलामाको हत्यामा सभामुखको संलग्नता रहेको भनि कांग्रेसका मोहन बस्नेतले बताएको उल्लेख गर्दै नेता बस्नेतले कांग्रेस नेता बस्नेतका अनुसार हत्या तथा सार्वजनिक जग्गा खाएको आधारमा जेल हाल्नुपर्छ भन्नुभएको स्मरण गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘हत्याका आरोपी तथा सार्वजनिक जग्गा व्यक्तिलाई दिने सभामुखको भूमिकामा गंभिर प्रश्न उठेका छन् । दमननाथ ढुङ्गाना, सुवास नेम्वाङबाट किन सिक्न सक्नुभएन ? सभामुखले एमालेमाथि प्रतिशोध साँचे, यसको जवाफ जस्ताको त्यस्तै सदन र सडकबाट दिन्छौं । सभामुख नसच्चिएको खण्डमा एमालेले थप रणनीति तय गर्ने छ । महाअभियोग सम्मको यात्रा तय हुन सक्छ । हत्याका आरोपी गुरिल्ला सभामुखलाई महाअभियोग लगाउनुपर्छ । कांग्रेस नेता मोहन बस्नेतका अनुसार हत्या तथा सार्वजनिक जग्गा खाएको आधारमा जेल हाल्नुपर्छ भन्नुभएको छ । ढिलो चाँडो यो अवस्था आउन सक्छ ।’
सत्ता गठबन्धन काँचो धागो जस्तै भएको उल्लेख गर्दै उहाँले एमसीसीले गर्दा गठबन्धन तत्काल तिक्तता हुने लावी गर्नुभयो । देउवाले भ्रष्टाचारी गठबन्धनलाई तोडेर मुलुकलाई राजनीतिक अस्थिरताबाट बचाउन जतिसक्दो चाँडो संसद विघटन गरी निर्वाचनमा जानुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्