विश्व

अफगानिस्तानको राजधानीमा पाकिस्तानविरुद्ध नाराबाजी



काबुल, २६ भदौ । अफगानिस्तानको राजधानी काबुलमा बुधबार पाकिस्तानविरुद्ध नाराबाजी गरिएका छन् । आतंवादी संगठन तालिबानलगायतका समूहलाई आर्थिक, भौतिक र नैतिक सहयोग गर्दै आएको पाकिस्तानकै काराण मुलुकमा तालिबानले सत्ता कब्जा गरेको भन्दै राजधानी काबुलमा पाकिस्तानविरुद्ध नाराबाजी गरिएको हो ।

राजधानी काबुलमा भएको पाकिस्तानविरुद्धको आन्दोलमा करिब एक हजारभन्दा बढी मानिसहरुको सहभागीता रहेको थियो । उनीहरुले पाकिस्तनमा रहेको नियन्त्रणमा रहेको सरकार आवश्यक नभएको भन्दै नाराबाजीसहित आन्दोलन गरेका हुन् ।

तालिबानले मंगलबार इस्लामिक इमिरेट्स नाम दिएर नयाँ सरकार घोषणा गरेको हो । तालिबानले उक्त सरकारलाई कामचलाउ सरकारको नाम दिएको छ। सरकारको प्रमुख संयुक्त राष्ट्र संघले प्रतिबन्ध लगाएका व्यक्ति छन् भने गृह मन्त्रालयको जिम्मेवारी अमेरिकाले आतंककारीको सूचीमा राखेको र एफबीआईको मोस्ट वान्टेड सूचीमा रहेको व्यक्ति रहेका छन् ।

अफगान सरकारविरुद्ध लड्नका लागि तालिबानलाई पाकिस्तानले सैन्य र लडाकू सहयोग गरेको थियो । यता अमेरिकाले पाकिस्तानलाई आतंकवादविरुद्ध लड्नका लागि आर्थिक सहयोग गरिरहेको भए पनि पाकिस्तानले भने आतंवादी संगठनलाई नै पालनपोषण गरिरहेको पाइएको हो ।

पाकिस्तानको दोहोरो चरित्रको संयुक्त राज्य अमेरिकाले निन्दा गरेको छ । तर, पाकिस्तनले भने तालिबान सरकार गठनलाई उपलब्धीको रुपमा ब्याख्या गरेको छ । तालिबान सरकार गठनलाई चीनले पनि स्वागत गरेको छ। तर, अमेरिकाले भने काम हेरेर मूल्यांकन गर्ने प्रतिक्रिया दिएको छ।