Banner News

प्रचण्डको चिन्ता: एकदुई वर्षमा एक्लो हुनुपर्ने हो कि !



काठमाडौँ, २७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कहिलेकाहीं माओले झैं म एक्लो छु भन्नुपर्ने अवस्था त आउने होइन भन्ने लाग्ने गरेको सुनाएका छन् ।

आइतबार माओवादी नेता परशुराम तामाङको पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओ जीवनको अन्तिम कालमा एक्लिएको दृष्टान्त पेश गर्दै आफूलाई पनि ‘कहिलेकाहीँ १र२ वर्षपछि यस्तै हुने होकि’ भन्ने चिन्ता लाग्ने गरेको बताए ।

‘कहिलेकाहीँ मन पनि यस्तै हुँदो रहेछ । १/२ वर्ष जतिमा एक्लो पो हुने हो कि रु ‘संसारभर माओवादीको बिगबिगी छ, माओ माओ भनेका छन् । तर आफ्नै पार्टीभित्र माओले म एक्लो छु भन्ने के फिल गरेछन्,’ उनले भने, ‘कहिलेकाहीं मलाई पनि शायद एक दुई वर्षपछि म पनि एक्लो हुने हो कि ? माओले जस्तै म पनि एक्लो छु भन्नुपर्ने हो कि ? त्यस्तो चित्र दिमागमा आउँछ ।’