राजनीति

मेरो सम्पत्तिबारे म आफैं कन्फ्युज छु: मन्त्री मनाङे



पोखरा, २७ भदौ । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।

भ्रष्टाचार निवारणसम्बन्धी ऐन, २०५९ अनुसार पदभार सम्हालेको २ महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने हो, तर मनाङले अझै बुझाएका छैनन् । मन्त्री नियुक्त भएको ९० दिन पुगेको अवसरमा खेलकुदमन्त्री मनाङले आज पत्रकार सम्मेलन गरेर आफूले गरेको कामका साथै आगामी योजनाबारे सुनाए ।

कार्यक्रमको अन्तिममा उनलाई सोधियो, ‘सबै मन्त्रीले सम्पत्ति विवरण बुझाइसके, तपाईंले किन बुझाउनु भएन रु मन्त्री मनाङले भने आफूसँग के छ रु के छैन भन्ने नै प्रष्ट नभएको बताए । ‘मेरो सम्पत्तिबारे म आफैं कन्फ्युज छु,’ उनले भने, ‘जम्मै पहिलेको छोराछोरी, श्रीमतीको नाममा राखिदिइसकेको छु । मेरो भनौं भने मलाई एक आना जग्गा दिने पनि होइनन् ।’