काठमाडौँ, २९ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २९४, भक्तपुरमा ४८ र ललितपुरमा ६२ गरी ४०४ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल काठमाडौँ उपत्यकामा ६ हजार २५३ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौँ जिल्लामा ३ हजार ३४०, भक्तपुरमा १ हजार ७८ र ललितपुरमा १ हजार ८३५ सक्रिय संक्रमित छन् ।










प्रतिक्रिया दिनुहोस्