समाचार

अवरुद्ध मुग्लिन–नौबिसे सडक दुईतर्फी सञ्चालन



मुग्लिन, ३० भदौ । पहिरोका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ ।

गए राति २ः०० बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुई तर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।

सडक सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।