काठमाडौँ, ३० भदौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण आज ११ बजेदेखि बसेको राष्ट्रिय सभाको बैठक मुख्य कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।
बैठक शुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध गरेपछि तेस्रो कार्यसूचीमा रहेको संविधान सभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक असोज ५ गतेसम्मका लागि स्थगित भएको छ ।
एमाले सांसदहरुको अवरोध भएपछि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले कार्यसूचीको मुख्य दुई विषयलाई हटाएर शोक प्रस्ताव मात्रै पारित गरेर बैठक स्थगित गरेका हुन् ।










प्रतिक्रिया दिनुहोस्