काठमाडौँ, १ असोज । नेकपा एकीकृत समाजवादीमा लागेका प्युठानका पुराना नेता धनबहादुर रायमाझी एमालेमै फर्किएपछि माधवकुमार नेपाल नेतृत्वलाई झट्का लागेको छ ।
माधव समूहको संगठन निर्माणमा लाग्नुभएका संविधानसभा सदस्यसमेत रहनुभएका रायमाझी पार्टी छाडन नसकिने भन्दै एमालेमा फर्किएका हुन ।
रायमाझीलाई एमाले प्यूठानका अध्यक्ष तुल्सीराम शर्मा नेतृत्वको टोलीसहित सरुमारानी गाउँपालिका उपाध्यक्ष मिनाकुमारी सोमैलगायतका नेता कार्यकर्ताले भेट गरी एमालेमै फर्कन सहमत गराएका हुन । नेता तथा कार्यकर्ता टोलीको भेटमा नेता रायमाझीले नेकपा एमालेको नीति तथा मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादलाई छोड्न नसकिने बताउँदै एमालेमा रहने स्पष्ट पारेका छन ।
‘जहाँ जबज छैन त्यहाँ कुनैपनि अर्थमा बस्न सकिँदैन’, रायमाझीले भने । उनले समाजवादीमा लागेका एक जनालाई पनि नछोडी मूल घरमै फर्काउने बताएका छन ।










प्रतिक्रिया दिनुहोस्