Banner News

भारतसँगको सीमा विवादलाई छाडेर सरकारले हुँदै नभएको चीनसँगको सीमा विवाद सिर्जना गर्योः नेता ज्ञवाली



काठमाडौँ, २ असोज । नेकपा एमाले नेता प्रदीप ज्ञवालीले वर्तमान सरकारले छिमेकी राष्ट्रसँगको सम्बन्ध बिगार्न खोजेको आरोप लगाउनुभएको छ ।

शुक्रबार नयाँ किरण समूहले आयोजना गरेको नयाँ सरकारको कुटनीतिक अभिमूखिकरण : सम्भाव्य विश्लेषण विषयक विचार गोष्ठिमा नेता ज्ञवालीले सीमा लगायतका विषय निकालेर सरकारले छिमेकी राष्ट्रसँग कूटनीतिक सम्बन्ध बिगार्न खोजेको दावी गर्नुभयो ।

समस्या भएको स्थानमा चुप बस्ने र समस्या नै नभएको ठाउँमा विवाद निकालेर सरकारले चीनसँग चिसोपना खडा गर्न खोजेको उल्लेख गर्दै उहाँले भारतसँगको सीमा विवादलाई छाडेर चीनसँगको सीमा विवाद सिर्जना गर्न खोजेको तर्क गर्नुभयो ।

दार्चुला तुइन घटनाको दुई महिना हुन लाग्दा पनि सरकारले भारतसँग कूटनीतिक प्रतिवाद गर्न नसकेको भन्दै उहाँले कडा रुपमा आक्रोस जनाउनुभयो ।