समाचार

काठमाडौँ उपत्यकामा जनामा २५६ कोरोना पुष्टि



काठमाडौँ, २ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २५६ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २४३, भक्तपुरमा १३ गरि२५६ जनामा संक्रमण पुष्टि भएको हो । आज ललितपुरमा भने संक्रमित नथपिएको मन्त्रालयले जनाएको छ ।

योसँगै काठमाडौँ उपत्यकामा छ हजार तीन सय ५५ जना सक्रिय संक्रमित रहेका छन् । काठमाडौँमा तीन हजार पाँच सय ६१ जना, ललितपुरमा एक हजार सात सय ६९ जना र भक्तपुरमा एक हजार २५ जना सक्रिय संक्रमित छन् ।