काठमाडौँ, २ असोज । सभामुख अग्निप्रसाद सापकोटाले संसदको कार्यसम्पादनबाट आफू सन्तुष्ट नभएको बताएका छन् ।
आज राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले गरेको कार्यक्रममा बोल्दै सभामुख सापकोटाले संसदको कार्यसम्पादनमा वैज्ञानिक सुधार गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘संसदको प्रभविकारिताको कुरा गर्ने हो भने म आफैं पनि पूर्ण सन्तुष्ट छैन, ‘कार्यसम्पादनमा कति चुस्त कति वैज्ञानिक सुधार गर्नुपर्नेछ । इमानका साथ म यसमा केन्द्रित हुन्छु ।’
आफू सभामुख भएको दुई वर्षको अवधिमा दलहरुमा आन्तरिक लोकतन्त्र कमजोर भएको देखेको बताउदै उनले भने, ‘मैले सभामुखको जिम्मेवारी सम्हालेको करिब २ वर्ष हुन लाग्यो । मलाई गहिरो गरी अनुभूत भएको छ, सबैमा जिम्मेवारी वोध, कर्तव्य वोधको कमीका साथसाथै आन्तरिक लोकतन्त्र कमजोर भएको छ । दलहरुमा पनि ।’










प्रतिक्रिया दिनुहोस्