भक्तपुर, ३ असोज । लामो समयसम्म कांग्रेसको नेतृत्वले मुलुकमा विकास र समृद्धिको यात्रा कछुवाको गतिमा हिडेको थियो । कछुवाको गतिलाई पनि ध्वस्त पार्ने माओवादी केन्द्रले जनयुद्धको नाममा विध्वसं गर्यो । जसले गर्दा नेपालको विकास र समृद्धिको यात्रा दशकौं पछि सर्यो । माओवादीको विध्वसंपछि मुलुकले जनताको चाहना, माग र आवश्यकता अनुसार फड्को मार्ने अपेक्षा गरिएको थियो । जसमा पटक पटक कांग्रेस तथा माओवादीले मुलुकको नेतृत्व संहाले । तर जनताको चाहनामा तुसारापात मात्र भयो । कांग्रेस–माओवादीको सरकार आफ्न्तवादमा रमायो, आफ्ना कार्यकर्तालाई भर्ति केन्द्रको रुपमा मात्र केन्द्रीत रहयो । भ्रष्टाचार र अनियमिततामा रुमलिरहयो ।
वर्तमान कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकिकृत समाजवादी), जनता समाजवादी (जसपा) तथा जनमोर्चासहितको गठबन्धनको सरकारले जनताको माग र आवश्यकतालाई लत्याउँदै अघिल्लो सरकारले ल्याएका १४ सयभन्दा बढी जनमूखी तथा ठूला सडक आयोजना रोक्यो, जनताको चाहनामाथि बञ्चरो नै प्रहार गर्यो । जसबाट जनताले लामो समयदेखीको विकासको चाहनामा तुसारापात भयो, विकासित मुलुक बनेको हेर्ने चाहनालाई अपुरो बनाइदियो ।
देउवा नेतृत्वका अर्थमन्त्री शर्माले अध्यक्ष केपी ओली र नेता महेश बस्नेतसँग रिसइवी साँधेर दर्जनौं ठूला सडकहरुको निर्माण रोकिदिनुभएको छ । जसमा ठिमी गाँम्चा तखर्गाल महादेव स्थान कालीका डाँडा रानीकोट सडक, नाला सडक सल्लाघारी भंगाल वडा कायार्लय अरनिको राजमार्ग जोड्ने सडक, चाँगुनारायण नगरपालिका वडा नं. ३ गेलाल गाउ ज्योतीलिङ्गेश्व सडक, भत्केको पाटी जितपर चरेली कलामसी नगरकोट बैकिल्पक सडक, चाँगनारायण द्रुत मार्ग, कमलविनायक (भत्केकोपाटी) ओमकारेश्वर मन्दिर देिख पाईपलाईन सडक, सूर्यविनायक (परानो बसपार्क) ट्रली बसपार्क सुन्दरवस्ती पाण्डु बजार सडक, आदर्शचोक वडा कार्यालय ध्याम्पे डाँडा सडक तथा ब्रम्हाखेल सातघट्टे सहिद पार्क सडक, नगरकोट–गैरिविसौना–हिगवुापाटी सडक, नगरकोट गौरीविसौना ढाटखोला सडक, भक्तपुर नगरकोट देउपुर हिगुवापाटी सडकहरु रहेका छन् ।
भक्तपुरमा नेकपा एमालेका अध्यक्ष ओली तथा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतको गृह जिल्लाको रुपमा रहेको छ । एमालेका दुई हस्तिको गृह जिल्लामा देउवा नेतृत्वमा रहेका अर्थमन्त्री जनार्दन शर्माले पहिलो प्रहार गर्नुभयो । जसले गर्दा केपी ओली नेतृत्वको सरकारले ल्याएका योजना तथा बजेटलाई कटौती गरी मन्त्री शर्माले आफ्ना पाँच लाख कार्यकर्तालार्ई दशैं खर्च रु १० हजारका दरले दिने घोषणा गर्नुभयो । जनताले तिरेको करबाट आएको रकमलाई निर्वाचन केन्द्रीत भई मन्त्री शर्माले कार्यकर्तालाई भरणपोषण गर्ने योजना ल्याउनु नै वर्तमान सरकार जनता र मुलुकको विकास प्रति एक रत्ती पनि चासो नभएको प्रष्ट देखिन्छ । सत्ताको दुरुपयोग गरी विकासको ढोका बन्द गरी विकासका आयोजना नै रोकेर कांग्रेस, माओवादीले मुलुकलाई पुनः दशकौं पछि धकेल्ने प्रयास गरेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले १४ सय बढी सडक आयोजना एकैपटक रोक्नुभयो । बजेट अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउँदै अर्थमन्त्री शर्माले १४ सय बढी सडक आयोजना बनाउन रोक्ने निर्णय गर्नुभयो । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले यी सडक आयोजनाहरुका लागि ३ अर्ब ४९ करोड ७० लाख रुपैयाँ बजेट छुट्याएको थियो ।
तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले ७९३ वटा सडकका लागि सडक पूर्वाधार विकास कार्यक्रममार्फत १ अर्ब ९४ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । ६१७ वटा सडक बन्ने गरी तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रमका लागि १ अर्ब ५४ करोड ९६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
तर, अर्थमन्त्री शर्माले यी सडक आयोजना रोक्का गरिदिएका हुन् । राजनीतिमा प्रतिष्पर्धा एक ठाउँमा होला तर विकास निर्माणमा राजनीति गर्नु वर्तमान सरकार नाङ्गेझार हुने प्रयास भएको स्थानीयवासीले आक्रोस जनाएका छन् । जसमा एमाले पार्टीभित्र भविष्य बोकेका नेताहरुलाई केन्द्रीत गरी बजेट समेत कटौती गरियो । जसले गर्दा चालु अवस्थामा रहेका असंख्य आयोजनाको निर्माण कार्य रोकिन पुगेको छ । जसमा सवैभन्दा बढी असर परेको जिल्ला मध्ये भक्तपुर, काभ्रे, झापा, नवलपरासी, दोलखा, काठमाडौँलगायतका जिल्लाहरु रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्