काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका छन् ।
आज राष्ट्रियसभा गृहमा आयोजित उपत्यका विशेष कमिटीको भेलामा उनले पदाधिकारीको पार्टी भएको भन्दै कटाक्ष गरे । “मलाई खासै कमेन्ट गर्नु छैन । अघि भर्खर माने पार्टीको यसो हेर्दै थिएँ । पदाधिकारी पार्टी भएछ । पदाधिकारीको ठाउँ अझै भरिएको छैन । यो पद दिन्छु भनेर खोज्दै हुनुहुन्छ । पाउनु भएको छैन,” उनले भने ।
उनले माओवादी केन्द्रलाई ‘माके’ र माधवकुमार नेपालको पार्टीलाई ‘माने’ पार्टी संज्ञा दिए । उनले भने, ‘माके पार्टी, माने पार्टी फाटोको खेती गर्छ, ती एकताको राजनीति गर्ने पार्टी होइन, एमालेले त्यस्तो राजनीति गर्दैन । एमालेले एकताको राजनीति गर्छ ।’
माधव नेपालप्रति लक्षित गर्दै उनले अगाडि भने, ‘माने पार्टीको हेर्दै थिएँ, पदाधिकारी अलि भरिएको छैन । कोही भेटिन्छ कि भनेर खोज्दै हुनुहुन्छ तर पूरा भएको छैन ।’ उनले आफूहरुमा कसैको पार्टी कार्यालय कब्जा गर्न जाने खालको राजनीति नगर्ने पनि प्रस्ट पारे उनले एकीकृत समाजवादीका अध्यक्ष कांग्रेसको पछि–पछि हिँडेर दक्षिणपन्थको विरोध गरिरहेको भन्दै कटाक्ष पनि गरे ।
उनले सत्तारुढ गठबन्धनको मानवीय मनसमेत नरहेको बताए । ‘यिनीहरूको त मानवीय मन पनि छैन । अलिकति मानवीयता हुँदैन । छातीभित्र मुटु होइन, ढुंगा राखेको छ, ढुंगा । त्यो पनि छिप्पिएको दर्शन ढुंगा ।’










प्रतिक्रिया दिनुहोस्