राजनीति

नारायणहिटीको श्रीपेच चोर्ने खोज्ने एक जना पक्राउ



काठमाडौँ, ८ असोज । नारायणहिटी दरबार संग्राहलयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दरबार संग्राहलयमा अवलकोनमा गएका रुकुम घर भएका एक युवकले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुृटाउन प्रयास गरेका थिए ।

तर, सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएको नारायणहिटी दरबार संग्राहलाय व्यवस्थापन समितिले जनाएको छ ।

यसबारे अनुसन्धान शुरु भएको संग्राहलयले बताएको छ ।