राजनीति

कांग्रेस-माओवादीका प्रभावशाली नेतासहित ५०० भन्दा बढी एमाले प्रवेश



हेटौडा, १० असोज । हेटौंडाका दुई वडामा कांग्रेस र माओवादी परित्याग गरी ५ सय ४० जना एमाले प्रवेश गरेका छन् ।

शनिवार हेटौंडा उपमहानगरपालिका वडा नंबर १२ र १३ को वडा भेलामा विभिन्न पार्टी परित्याग गरी सो संख्यामा नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । तरुण दल मकवानपुरका जिल्ला कमिटी सदस्य आशिष थापा मगर, माओवादि केन्द्रका बुद्ध गोले, कृष्ण बहादुर थिङ लगायत विभिन्न पार्टी परित्याग गरि हेटौंडा १२ बाट २७५ जना एमालेमा प्रवेश गर्नुभएको छ भने वडा नंबर १३ बाट २६५ जना एमालेमा प्रवेश गरेका हुन् ।

नवप्रवेसीलाई राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेल, सविधान सभा सदस्य अनन्त पौडेल, बागमती प्रदेशका सामाजिक बिकाश राज्यमन्त्री जुनेली श्रेष्ठ, एमाले प्रदेश कमिटी सदस्य एबम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, एमाले मकवानपुरका सचीव एकलाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महत, युवा संघ स्थायी कमिटी सदस्य सन्तोष चौलागाईं, युवा इन्चार्ज सुनिल मोक्तान, खेलकुद महासङ्घका उपमहासचिव धरम लामा, युवा संघ जिल्ला अध्यक्ष लक्ष्मण उप्रेती लगायतकाले स्वागत गर्नुभएको छ ।