Banner News

हुम्लामा ‘सीमा समस्या’ अध्ययन गर्न गठित समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन



काठमाडौँ, १० असोज । हुम्लाको लिमीमा नेपाल र चीनबीच सीमा समस्या अध्ययन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ ।

आज मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच समितिका संयोजकसमेत रहेका गृह मन्त्रालयका सह–सचिव जयनारायण आचार्यले गृहमन्त्री खाँणलाई प्रतिवेदन बुझाएका हुन् ।

हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित समितिमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएपी) उमेशराज जोशी, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रदीपकुमार पाल र राष्ट्रिय अनुसन्धान विभागकका सह–अनुसन्धान निर्देशक किशोरकुमार श्रेष्ठ रहेका रहेका छन् ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले समितिले स्थलगत अध्ययन गरी सत्यतथ्य पत्ता लगाएर तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । त्यस्तै सो प्रतिवेदनले मुलुकका अन्य स्थानमा रहेका सीमाबारे पनि अध्ययन गर्न बाटो खुलेको बताउँदै उनले भने, ‘यसले मुलुकका अन्य स्थानमा रहेका सीमाबारे पनि अध्ययन गर्न बाटो खुलेको छ । अध्ययनमा यहाँहरूले औल्याउनु भएका विषयबस्तु कार्यान्वयन गर्न सरकारले पहल गर्नेछ ।’