Banner News

सकियो एमाले केन्द्रीय कमिटी बैठक, यस्तो छ निर्णय



काठमाडौँ, १० असोज । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ ।

तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा तीन दिनदेखि जारी बैठक आज विधान महाधिवेशनमा प्रस्तुत गर्ने तीन ओटै प्रतिवेदन सुझावसहित पारित गर्दै सकिएको छ । बैठकले बिधानमा प्रस्ताव भएअनुसार तीन उपाध्यक्ष नै कायम राख्ने निर्णय गरेको छ । केन्द्रीय सदस्यहरुले सुझाव दिने क्रममा सात उपाध्यक्ष राख्न सुझाए पनि कमिटी भद्दा हुने भन्दै बैठकले तीन उपाध्यक्ष नै कायम रहने ब्यवस्थालाई पारित गरेको हो ।

बैठकले आफ्नो विरोधका बीच बलजफ्ती बजेट पास गरेको र त्यसमा आयस्रोत नखुलाई लगानी गर्न पाइने प्रबन्ध गरिएको भन्दै आपत्ति नजाएको छ । नेकपा एमालेको विधान महाधिवेशनमा करिव ५ हजार नेता कार्यकर्ता सहभागी हुने भएका छन् । महाधिवेशनको उद्घाटन १५ असोजमा ललितपुर, गोदाबरीको सनराइज हलमा हुनेछ ।