काठमाडौँ, ११ असोज । पछिल्लो समय सत्तारुढ दल नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्नेको लर्को लाग्दै गएको छ । कांग्रेसभित्रको आन्तरिक गुटबन्दी तथा मुलुकप्रतिको गैरजिम्मेवारीका कारण नेताले कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्न थालेका छन् ।
यसै क्रममा नेपाली काङ्रेसको ४० बर्षे यात्रा छोडेर काङ्रेसबाट तत्कालीन संबिधान सभा (दुबै पटक) सदस्य तथा केन्द्रिय नेता अमृत लाल राजवंशी लगाएत नेताहरू एमाले प्रबेश गर्नुभयको छ । उहाँहरुलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर स्वागत गर्नुभएको छ । यो सगै नेपाली काङ्ग्रेसलाई झापामा ठूलो धक्का लागेको छ ।











प्रतिक्रिया दिनुहोस्