जनकपुरधाम, १३ असोज । प्रदेश २ सरकारको असोज २० गते प्रदेश सभा बैठक बस्ने भएको छ ।
आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयले बैठक डाकिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तिरक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जानकारी दिए ।
उनका अनुसार बैठकमा मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने कार्यसूची रहेको छ । प्रदेशसभामा अहिले सात दलको प्रतिनिधित्व छ ।
एकीकृत समाजवादी सरकारमा जाने तयारी गरिरहेका छन् । बाँकी नेपाली कांग्रेस र माओवादी केन्द्र जनता समाजवादी पार्टी नेपाल ९जसपा०को नेतृत्वमा सरकारमा छन् ।










प्रतिक्रिया दिनुहोस्