समाचार

काठमाडौँ उपत्यकामा थप ३३५ जनामा कोरोना पुष्टि



काठमाडौँ, १३ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३३५ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २६५, भक्तपुरमा २८ र ललितपुरमा ४२ गरी ३३५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, काठमाडौँ उपत्यकामा ४४१७ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये काठमाडौँमा २५१७ ललितपुरमा १०७२ र भक्तपुरमा ८२८ सक्रिय संक्रमित छन् ।