समाचार

भक्तपुरको कमलपोखरीमा डुबेर ६ वर्षीय बालकको मृत्यु



भक्तपुर, १३ असोज । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-८ बोडेस्थित कमलपोखरीमा डुबेर बुधबार दिउँसो एकजना बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार खोटाङ जन्तेढुंगा गाउँपालिका घरभई हाल बोडे बस्दै आएका रमेश खड्काका ६ वर्षीय छोरा रोशनको पोखरीमा डुबेर मृत्यु भएको हो ।

स्थानीयले पोखरीमा डुबेको देखेपछि बालकको उद्धार गरेका थिए । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बालकलाई उपचारका लागि नागरीक अस्पताल गठ्ठाघर पुर्‍याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।