राजनीति

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने



काठमाडौँ, १४ असोज । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईका अनुसार वर्तमान सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएकोलगायतका विषयमा आफ्नो असमति रहेकोले आफूहरुले यो बैठक बहिष्कार गर्ने भएको हो ।

सदको गतिरोध अत्यबारे छलफल गर्न भन्दै प्रधानमन्त्रीले देउवाले आज बिहीबार १० बजेका लागि बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् ।