काठमाडौँ, १५ असोज । नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको पछिल्लो अवस्थाबारे एमसीसीको बोर्ड बैठकमा समीक्षा गरिएको छ ।
एमसीसीको मुख्यालय वाशिङ्टन डीसीमा भएको बैठकमा नेपालको संसदबाट एमसीसी अनुमोदनका लागि भएका प्रयासबारे छलफल भएको हो ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकेंनको अध्यक्षतामा भएको बोर्ड बैठकमा एमसीसी अनुमोदनलाई अगाडि बढाउनका लागि एमसीसीको उच्चस्तरीय टोलीले यसै महिनाको शुरुमा गरेको नेपाल भ्रमण र पछिल्लो अवस्थाबारे जानकारी दिइएको थियो ।










प्रतिक्रिया दिनुहोस्