धनगढी, १९ असोज । कैलालीमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मोहना पुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत धनगढी उपमहानगरपालिका-१३ राजपुरस्थित ना८ख २२४२ नम्बरको बसको ठक्करबाट दार्चुलाको खण्डेश्वरी घर भएका ४५ वर्षीय गणेश बर्मा सुनारको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका सुनारको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक कैलालीको भजनी नगरपालिका(१ का ३२ वर्षीय आशिष चौधरीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
05 October 2021 09:36 AM










प्रतिक्रिया दिनुहोस्