Banner News

एकीकृत नेकपा समाजवादीले बोलायो स्थायी कमिटी बैठक



काठमाडौँ, १९ असोज । एकीकृत नेकपा समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ ।

महासचिव डा. बेदुराम भुसालका अनुसार कार्यविभाजन गर्न असोज २१ गते बिहीबार ११ बजे बस्नेगरी बैठक बोलाएको हो ।

उनका अनुसार केन्द्रीय नेताहरुको कार्यविभाजन बैठकको एजेण्डा रहेको छ । केही दिनयता एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ भएपछि सो पार्टीको बैठक बस्न सकेको छैन । स्वास्थ्य लाभ गरी अध्यक्ष नेपाल सोमबार घर फर्केलगत्तै स्थायी कमिटी बैठक बस्न लागेको हो ।