Banner News

थप ७६४ जनामा कोरोना संक्रमण, १०३३ जना डिस्चार्ज



काठमाडौँ, २२ असोज । थप ७ सय ६४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ९ सय ९७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ६ सय १४ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार ३३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ७४ हजार १ सय ७३ जना रहेको छ । आज १० जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार २ सय १० जना पुगेको छ ।