काठमाडौँ, २३ असोज । नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि यस वर्षको मनसुन औसत समयभन्दा केही पछाडि सरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार शुक्रबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भू–भाग तथा लुम्बिनी प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको छ ।
अन्य प्रदेशबाट केही दिनमा बाहिरिने विभागले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।










प्रतिक्रिया दिनुहोस्