Banner News

ईपीएलको उपाधि चितवनले जित्यो



काठमाडौँ, २३ असोज । चितवन टाईगर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को उपाधि जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवन पहिलो पटक च्याम्पियन बनेको हो ।

पोखराले दिएको ११२ रनको लक्ष्य चितवनले १५.५ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गर्‍यो । चितवनका लागि भीम सार्कीले ४५ बल खेल्दै ७ चौका र २ छक्काको मद्दतमा ६३ रन बनाए ।