काठमाडौँ, २४ असोज । सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताएका हुन् ।
“म राजीनामा दिने तयारीमा छु, आजै दिन्छु, कांग्रेस र मेरो बदनामी भयो,” उनले भने, “राजीनामा दिन्छु स्वीकृत गर्ने नगर्ने प्रधानमन्त्रीको कुरा हो ।” ‘मैले आफ्नो स्वविवेक प्रयोग गरें, धेरै सोचें, किन विवादमा परुँ म । किन राजीनामा दिने भनेर नेताहरुले पनि भनेका छन् तर आज राजीनामा दिन्छु ।’ देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् ।










प्रतिक्रिया दिनुहोस्