काठमाडौँ, २४ असोज । थप ५ सय ९६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २ हजार १ सय ९८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार २४ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ८ सय ७१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ७५ हजार ९ सय ४३ जना रहेको छ । आज १० जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार २ सय ३१ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्