काठमाडौँ, २५ असोज । हाल बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशको पहाडी भू–भाममा आंशिकदेखि सामान्य बदली रहने छ । अन्य भू–भागमा सामान्यतया सफा रही पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा सामान्यतया सफा रही एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्