काठमाडौँ, २५ असोज । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान गठबन्धनका गृहमन्त्री बालकृष्ण खाँणको राजिनामा माग्नुभएको छ ।
खाँणको गृह जिल्लामा प्रहरीले चलाएको गोलीबाट चार जना सुकुम्बासी नागरिकको मृत्यु भएपछि नेता बस्नेतले राजीनामा माग्नुभएको हो । वर्तमान सरकारले सुकुम्बासी तथा भूमिहिनलाई एक पछि अर्को गर्दै नियतवस प्रहार गरिरहेको उल्लेख गर्दै नेता बस्नेतले गृहमन्त्री खाँणकै गृहजिल्लामा आफ्नै आदेशमा चार जना निर्दोशन नागरिकको ज्यान जानु सरकार सुकुम्वासीको विरोधीमात्र नभई हत्यारा समेत भएको दावी गर्नुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘गृहमन्त्री राजिनामा दे १ परमादेश पाएर सरकार बन्नासाथ भुमीहिन सुकुम्बासी आयोग भङ्ग गर्योज । दशैको मुखमा गृह मन्त्रीको आदेशमा उनकै गृह जिल्लाका ४ जना सुकुम्बासीको गोली हानी हत्या गरेको छ । दर्जनौं घाइते बनाएको छ । यो सरकार सुकुम्बासी बिरोधी मात्र होइन हत्यारा समेत हो भन्ने पुष्टी भएको छ । उद्योग मन्त्री गजेन्द्र हमाल जत्तिको नैतिकता देखाएर राजिनामा दिने आँट गृह मन्त्री बाल कृष्ण खाणसँग छ कि छैन ? नत्र कुन मुखले त्यही क्षेत्रमा चुनावमा भोट माग्न जाने हो ? तिमीहरुले प्रतिगामी भनेको केपी सरकार हुन्थ्यो भने अहिले भुमिहिनलाई ‘जग्गा’ वितरण गर्थ्यो । तिम्रो कथित अग्रगामी सरकार छ र त अहिले भुमिहिनलाई ‘गोली’ वितरण गर्दै छ । त्यसैले जनता भन्दैछन् ‘तिम्रो कथित अग्रगामी सरकार मुर्दावाद ।’
गृहमन्त्री खाँणको चौतर्फी रुपमा आलोचना भइरहेको छ । आम नागरिक, वृद्धिजिवि, समाजसेवी तथा विभिन्न संघसंगठनहरुले तिव्ररुपमा आलोचना गरिरहेका छन् । जसमा चार जना सकुम्वासीको ज्यान लिने हत्यारा सरकार भन्दै राष्ट्रिय युवा संघले समेत एक विज्ञप्ती जारी गर्दै तत्तकाल गृहमन्त्री खाँणले राजिनामा गर्न माग गरेको छ । संघका अध्यक्ष किरण पौडेलले आज एक विज्ञप्ती जारी गर्दै राजिनामाको माग गर्नुभएको हो ।










प्रतिक्रिया दिनुहोस्