Banner News

माधव नेपालको पार्टीमा युवा, विद्यार्थीहरुद्वारा असन्तुष्टि



काठमाडौँ, ३१ असोज । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा केन्द्रीय कमिटी विस्तारका क्रममा भएको सदस्य छनोट र कार्यविभाजनप्रति असन्तुष्टि देखिएको छ । पार्टी नेतृत्वले केन्द्रीय सदस्य छनोट गर्दा मापदण्ड बनाएर गरिएको बताएपनि उक्त मापदण्ड व्यक्ति विशेषमा मात्र लागु गरिएको भन्दै सो पार्टीका युवा, विद्यार्थीहरुले असन्तुष्टि जनाएका हुन् ।

‘कुन विधि, कसको लागि, मापदण्ड एउटा पात्र छनोट अनेक खल्तीबाट आफू अनुकुल आफ्नो त्यो पनि निजी । संकृण भावना राखेर पार्टी निर्माण गर्ने गलत सोच राख्ने’, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले असन्तुष्टि जाउँदै भनेका छन्, ‘अहिलेदेखि नै गलत मानसिकताबाट व्यक्ति छनोटलाई रुचाउने परिपाटीबाट असलरसकारात्मक अभ्यास गर्ने नयाँ संकल्प चाहि भन्ने मात्रको नारा होला होइन कमरेड ?’