समाचार

एक पुरुषको शव फेला



धनुषा, ३१ असोज । धनुषामा एक मृत अबस्थामा एक पुरुषको शव फेला परेको छ ।

प्रहरीका अनुसार धनुषाको नगराइन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीमा पहिचान खुल्न नसकेको अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको हो ।

धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको धनुषा प्रहरीले जनाएको छ । आइतबार विहान स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएको थियो । सो शव झाडीमा फेला परेको र अहिले कुकुरसहितको टोलीले अनुसन्धान भईरहेको धनुषा प्रहरीले जनाएको छ ।