राजनीति

मुख्यमन्त्री शाक्यद्वारा पुनर्निर्माण भइरहेको काष्ठमण्डपको निरिक्षण



काठमाडौँ, १ कार्तिक । बागमती प्रदेश मुख्य मन्त्री अष्ट लक्ष्मी शाक्यले पुनर्निर्माण भइरहेको काष्ठमण्डपको निरिक्षण गर्नुभयो ।

पूर्ननिर्माणको ९६ प्रतिशत कार्य सम्पन्न भएको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शाक्यले स्थलगत बस्तु स्थति, पुनःनिर्माणको परम्परागत शैलीलगाएको बारेमा जिज्ञसा राख्नु भएको हो ।

काष्ठमण्डप पुनःनिर्माण समिति संयोजक तथा प्रदेश सभा सांसद राजेश शाक्यले सो अवसरमा समितिले न्युनतम रकम खर्चेर चिरकाल सम्म रहिरहने गरि बलियो निर्माण गर्न सफल भएको बारेमा जानकारी गराउनु भयो । मुख्यमन्त्री शाक्यले समुदाय आवद्द समितिले काठमाडौँलाई चिनाउने काष्ठमण्डपलाइ कम समएमा लगातार पुनः निर्माणकाममा खतेर सम्पन्न नजिक पुर्याएकोमा संसद शाक्य र समितिका सबै सदस्यलाई हृदयेदेखी धन्यवाद दिनु भयो ।

मुख्यमन्त्री शाक्यले भन्नुभयो , ‘आज हामी भाग्यमानी भएका छौ , हाम्रो पुर्खाले बनाएको यो इतिहासलाई पुनः ठड्याउन सकेका छौ । इतिहासले यो पुनः निर्माणलाई कहिल्यै बिर्सिने छैन । पुनः निर्माणको दौरानका सबै सम्झनालाइ वृत्त चित्रको रुपमा बनाई , फोटोहरु संकलन गरि प्रदशन तथा यो विषयमा जानकारहरुका विचार भोगाई आदिलाई समेटी पुस्तक प्रकाशन गर्नु पर्छ । यसले हाम्रा सन्तति र काष्ठमण्डपबारे राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा उच्च अध्यन गर्न मद्दत पुग्ने छ ।’