Banner News

एमालेद्वारा स्थायी कमिटीको बैठक आह्वान (पाँच एजेन्डासहित)



काठमाडौँ, ३ कार्तिक । नेकपा (एमाले) स्थायी कमिटीको बैठक आह्वान गरिएको छ ।

बैठक बिहीबार दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकका पाँच एजेन्डा:
१. विधान महाधिवेशनको समीक्षा
२. वडा अधिवेशन कात्तिक ६ गते सम्बन्धमा
३. पालिका अधिवेशन कात्तिक ९ सम्बन्धमा
४. राष्ट्रिय महाधिवेशन सम्बन्धमा विषय प्रवेश
५. हालै भएको अविरल वर्षाका कारण भएको जनधनको क्षति सम्बन्धमा ।